नेपाल विद्यार्थी संघ दिव्य ज्योति बहुमुखी क्याम्पस इकाईको आन्तरिक विवादमा छलफल भईरहेको बेला क्याम्पस हाता भित्र सुरक्षाकर्मी हतियार सहित प्रवेश गरेको भन्दै विरोध गरिएको छ ।क्याम्पसमा हतियार सहित पुलिस भित्र प्रवेश गरेको र क्याम्पस प्रसासनले आफुहरुलाई जानकारीनै नगराई कार्यक्रमका लागि हल दिएको भन्दै नेपाल विद्यार्थी संघ दिब्यज्योति बहुमुखि क्याम्पस ईकाई समितिले पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएको छ ।
गत बैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा राजन भण्डारीको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघ जील्ला कमिटिले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा २ का सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्दा क्याम्पस ईकाईलाई जानकारीनै नगराई कार्यक्रम गरेकोमा र्ईकाईले विरोध जनाएको थियो ।
कार्यक्रम सकेर बाहिरेने क्रममा नेता कंडेल संग विद्यार्थीहरुले चर्काचर्की समेत भएपछि क्याम्पस हाताभित्र हतियार सहित पुलिस पुग्दा क्याम्पस प्रसासन चुपचाप बसेको र विद्यार्थीहरुले जानकारी लिदा कुनैपनि कार्यक्रम नरहेको बताएपनि पनि क्याम्पस प्रसासनले रसिद काटेरै हल भाडामा दिएको भेटिएको भन्दै क्याम्पस प्रसासनकै कारण ६ गतेको घटना भएकोले प्रसासननै घटनाको मुख्य जिम्मेवार भएको नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखी क्याम्पसका ईकाई सचिव मनिस कुमार अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।हतियार सहित प्रहरी क्याम्पस भित्र पुग्दा विद्यार्थीहरु त्रसित भएको र असुरक्षि देखिएकोले क्याम्पस प्रसासनले घटना प्रति माफि माग्नु पर्ने र आगामी दिनमा त्यस प्रकारका गल्तीहरु दोहोरिन नदिने प्रतिबद्धता नगर्दा सम्म क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दि गर्ने र क्याम्पस प्रमुखको राजीनामा समेत माग गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
क्साम्पस प्रसासनने आफुहरुलाई पत्रकार सम्मेलनका लागि हल उपलब्ध नगराएको र क्याम्पस हाता भित्र कार्यक्रम गर्न नदिएकोले क्याम्पसको गेटमा पत्रकार सम्मेलन आयोजना गर्नुपरेको अधिकारीले बताउनुभयो । क्याम्पस प्रसासनले आफुहरुमाथी दमन गरी पञ्चयती शैली देखाउदै निरङ्कुशसता लादेको भन्दै प्रसासन विरुद्धकोे आन्दोलनमा यो संगठन वा त्यो संगठन नभनी सम्पुर्ण विद्यार्थीहरुलाई अपिल गर्नुभएको थियो ।
नेपाल विद्यार्थी संघ नवलपरासीमा अहिले राजन भण्डारी समुह र ददिराम पौडेलको नेतृत्वमा रहेका दुवै कमिटिले आ–आफ्नो आधिकारिकता दावि गरिहेका छन् भने दुई कमिटि विचको विवाद सतहमै देखिएको छ । ईकाई सचिव मनिस कुमार अधिकारीले भने जिल्लाको आधिकारीक अध्यक्ष ददिराम पौडेल भएको र आफुहरुले पौडेललाई नै आधिकारिक अध्यक्ष मानेको बताउनुभयो ।
यस अघि नेकपा एमाले निकट अनेरास्ववियुले पनि विज्ञप्ति जारी गरी क्याम्पस हाता भित्र हतियार सहित प्रहरी पसेको विरोध गरेको थियो ।
Post a Comment