कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनीले नवलपुर क्षेत्रमा पाठ्य पुस्तक अभाव हुन नदिन सरोकारवालाहरुलाई निर्देशन दिएका थिए ।
उनले कार्यक्रममा बोल्दै भने – नगरपालिकाले सम्बन्धित विद्यालयको खातामा पैसा पठाइसकेको छ, पुस्तक व्यवसायीहरुले पनि प्रयाप्त पुस्तक छ भनेका छन् अब पुस्तक अभाव हुन नदिन सबैले ध्यान दिनुपर्यौ । यदि कही कतैबाट यसमा कमजोरी हुन्छ भने सबैले खबरदारी गर्नुपर्यो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल, सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्साल, कावासोती नगरपालिकाका प्रमुख चन्द्राकुमारी पुन लगायतले बोलेका थिए ।
जिल्ला समन्वय समिति नवलपरासीका संयोजक चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा कार्यालयका कर्मचारीहरु नवलपुर क्षेत्रका नगरपालिका र गाउंपालिकाका अध्यक्ष तथा प्रमुखहरु, पुस्तक व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
सरकारले निर्देशन गरे अनुसार नवलपरासीको पूर्वी भेगमा बैशाख ५ गते सम्पूर्ण विद्यालयहरुमा एकैसाथ पुस्तक वितरण कार्यक्रम समेत राखिएको छ भने बैशाख २ गतेबाट भर्ना अभियान थालिने भएको छ ।
यसैबीच कावासोतीको जीवन ज्योति माविले आज शैक्षिक सत्र २०७४ को परीक्षाफल प्रकाशित गरेको छ । जीवन ज्योति माविले भोलिदेखि नै विद्यार्थी भर्ना अभियान र घरदैलो अभियान समेत गर्ने भएको जीवन ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
Post a Comment