Wednesday, April 18, 2018

देजमो –नेपालमा नयां नेतृत्व

नवलपुर ।  नेकपा  क्रान्तिकारी माओवादी सम्बद्ध देजमो–नेपाल नवलपरासीको बर्दघाटमा भएको भेलाले राजु प्रसाद खनालको नेतृत्वमा १५ सदस्सीय जिल्ला समिति चयन गरेको छ ।
समितिका संयोजकमा खनाल चयन हुनुभएको छ भने सचिवमा ज्ञानबहादुर केसी र कोषाध्यक्षमा भागीरथ चापागाई चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुका सुर्य सापकोटा , बिष्णु गैरे, पुष्पराज नेपाली , सेती थापा लगायत चयन हुनुभएको जनाइएको छ ।
देजमोले संगठन बिस्तार अभियान लाई तीब्र बनाउने समेत जानकारी दिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal