Wednesday, April 18, 2018

भोलि र पर्सी ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

शोभा जिसी


नवलपुर । नवलपरासीमा बिहीबार र शुक्रबार ६ महिनादेखि माथि र पांच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।
नजिकको विद्यालय, स्वास्थ्य चौकी लगायतका क्षेत्रमा रहेको खोप केन्द्रमा पुगेर बालबालिकालाई भिटामिन ए खुवाउन सकिने जिल्ला स्वास्थय कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
त्यस्तै पश्चिम नवलपरासीमा पनि भोलि र पर्सी ५ बर्ष मुनीका र ६ महिना माथिका बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।
प्रत्येक खोप केन्द्रमा विहान ७ बजेबाट भिटामिन ए खुवाइने कार्यक्रम रहेको महिला स्वास्थ्य स्वयम् सेविका पवनकुमारी महतोले बताउनुभयो ।
नवलपुरमा दुई सय १६ स्थानमा २८ हजार बालबालिकाहरु भिटामिन ए खुवाइने जनाइएको छ ।
त्यस्तै बुधबार नै १ बर्षदेखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शम्भुप्रसाद ज्ञवालीले बताउनुभयो ।
त्यस्तै बुधबार नै बालबालिकाहरुको स्वास्थ्य अवस्था पहिचान गरि कुपोषण भएको बालबालिका पहिचान भए ति बालबालिकालाई पोषणयुक्त खानेकुरा पनि प्रदान गरिने ज्ञवालीले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal