नवलपरासी। नवलपरासी वर्दघाट १६ सुर्यबस्तीकी कलावती गुरुङको घरमा गत मंगलवार अचानक आगलागी भयो । कलावती बचाव बचाव भन्दै चिल्लाउदा चिल्लाउर्द आगो नजिकै रहेको गोडमा पनि सल्कयौ ।
हेर्दा हेर्दै घर गोठ खरानीको थुप्रोमा परिणत भए । दुखले पालेका ७ वटा बाख्रा र एउटा दुहुनो गाई लाशमा परिणत भए पछि कलावती दुखले होश गुुमेको जस्तो भए।
छिमेकी आय, प्रहरी र शसस्त्र प्रहरीका जवानहरु पनि आएर आगो निभाउने कोशिष गर्दागर्दै सबै जलेर नष्ट भई सकेको थियो तर आगो निभाउन चाहिने मुख्य साधन दमकल भने आएन । किन कि नवलपरासी जिल्ला भरि एउटा मात्र दमकल छ त्यो दमकल त्यो समयमा पाल्ही नन्दन गाउपालिकामा अर्को घरमा लागेको आगो निभाउदै रहेको थियो ।
गर्मीको आगमनसंगै नवलपरासीका विभिन्न स्थानमा दैनिक जसो आगलागीका घटना भई रहेको अवश्थामा जिल्ला भित्र रहेको ३ नगरपालिका र ३ वटा गाउपालिका गरि ६ वटा स्थानिय तहमा आगलागी लगाएतका प्रकृतिक प्रकोपका घटना रोकने वा न्युनिकरण गर्ने कुनै तयारी भएको पाईदैन ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मात्र एउटा दमकल (बारुण यन्त्र) रहेको छ भने अन्य नगर वा गाँउपालिकाहरुले आगलागीको नियन्त्रणका लागि दमकलको तयारी गरेका छैनन ।
चैत महिना लागे पछि मात्र जिल्लाका विभिन्न स्थानमा गरि करिब एक दर्जन भन्दा बडि स्थानमा आगलागिका घटना भई सकेको जिल्ला प्रशासन कर्यालयमा रहेको दैवि प्रकोप उद्धार समितीको कार्यालयले जनाएको छ । कतै आगलागीको घटना भयो कि जनपथ प्रहरी, शसस्त्र प्रहरी र सेनाका जवानहरु बाल्टी बेल्चा लिएर पुगेको पाईन्छ तर दमकल भने जिल्ला भरीमा एउटा भएको हुनाले समयमा पुग्न सक्दैन ।
जिल्लाको पुरानो नगरपालिका रामग्राम नगरपालिकामा करिब ३० वर्ष पहिला जापान सरकारले अनुदानमा दिएको एक मात्र जिर्ण अवश्थामा रहेको दमकले जिल्ला भरिका लागी सेवा पुर्यान बाध्य भएको रामग्राम नगरपालिका कार्यालयका शहरी विकास शाखा प्रमुख भगवती यादवले बताउनु भयो । यादव भन्नु हुन्छ धेरै पटक संबन्धित निकायहरुलाई नयां र बडि क्षमता भएको दमकल नवलपरासीमा आवश्यक्ता रहेको भन्दै मांग गरिएको भएता पनि अहिले सम्म मांगको सुनवाई भएको छैन ।
दर्जनौं ठुला उद्योगहरु रहेको नवलपरासीमा कुनै कारणले यी ठुला उद्योगहरुमा आगलागि भएको अवश्थामा आगो नियन्त्रण गर्ने कुनै तयारी भएको पाईदैन । उद्योगहरुमा पनि सदरमुकम परासीको पश्चिम तर्फको केही दुरीमा खाना पकाउने गैस आरती गैस र सदरमुकामको वरपर प्लाई, पेपर लगाएतका अत्यन्तै आगोको जोखीममा रहेका उद्योगहरु रहेका छन । कारण बस कुनै समयमा यस्ता जोखीमपुर्ण उद्योगहरुमा आगलागि भयो भने आगो निभाउनका लागि बुटवल वा भैरहवा बाट दमकल मगाउनु पर्ने अवश्था रहेको उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डेले बताए ।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले भने स्थानिय तहहरुलाई दमकल लगाएतका सम्यन्त्रको नितीगत तयारी गरेको भए पनि आवश्यक सामानहरुको खरिदको काम मात्र बांकी रहेको बताए ।

Post a Comment