Thursday, April 5, 2018

८ महिनाकी छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

नवलपुर २२ चैत्र । ८ महिनाकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बालिकाको बुवालाई पक्रो गरेको छ ।
गैडाकोट नगरपालिकाबाट गैडाकोट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
घरमा कोही नभएको बेला उनले ८ महिनाकी दुधे वालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरि बुधबार मुद्दा दर्ता गरेको छ । पीडित बालिकाको आमाको जाहेरीको आधारमा प्रहरीले बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जि सि ले जानकारी दिए ।
ती पुरुष लागुऔषध दुर्व्यवसनीमा फसेको जनाइएको छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र चितवनको एक अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal