Thursday, April 5, 2018

एउटैले गरे दशलाख दान

पुर्वी नवलपरासी जिल्लाको कावासोती नगरपालीका लोकाहामा जारी पराशर प्रतीक कुम्भ मेलामा एउटैले दश लाख दान गरेका छन् ।
कावासोतीका लालप्रसाद बरालले दशलाख दान गरेको आयोजकले जानकारी दिएका छन् ।
चैत्र ५ गते देखि  संञ्चालन भएको विशाल पराशर कुम्भ मेलाले बैद्धिक सनातन हिन्दु धर्मको संरक्षणका लागी यस मेलाले सहयोग पुर्याउने आयोजकको विश्वास रहेको छ । कुम्भ मेलामा दैनिक १० हजारको संख्यामा भक्तजन आउन थालेको आयोजकले जनाएको छ।
मेला चैत्र २५ गतेसम्म चल्ने छ। नेपाल र भारत प्रख्यात तिन सय  धार्मिक क्षेत्रहरुबाट ल्याइएको जल समाहित गरि कुण्ड निमार्ण गरिएको  संकंल्प कर्ता देवाचार्य जी महाराजले जानकारी दिए।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal