रामकुमार श्रेष्ठ

नवलपरासी, १८ बैशाख। नवलपरासीको मध्यविन्दु १ चिसापानी निवासी राजेश बोहराले मादक पदार्थ सेवन गरी चौरारी पुजा भएको ठाउंमा अनियन्त्रित ढंगल मोटरसाइकल चलाउंदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
चौरासी पुजामा निम्तो मान्न भनेर गएराति साढे ८ बजेतिर पुगेका बोहराले चलाएको ना १६ प ९९९ नम्बरको मोटरसाइकलले चौरासी पुजामा सहभागीलाई सोहोर्दै घाइते बनाएका थिए ।
१० जना घाइते भएकोमा एक जनाको मृत्यु भएको हो । २ जनाको अवस्था अझै गम्भीर रहेको जनाएको छ । मध्यविन्दु १ गुडचरी निवासी ७० बर्षीय कमल काफ्लेको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पृथबहादुर केसीको चौरासी पुजा सकेर निजकैको दुर्गा मन्दिर परिक्रम गराउने क्रममा संगै गएकाहरुलाई मोटरसाइकलले ठक्कर दिएको हो । घाइते हुनेहरुमा रोशन जिसी, कल्पना केसी, रमा आले, कमला थापा, कमला केसी, माधव गिरी, रमा कुँवर रहेका छन् ।
चालक सामान्य घाइते रहेको र उनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ ।
Post a Comment