Tuesday, May 1, 2018

मजदुर दिवसमा मजदुरद्धारा संघर्षको घोषणा

नवलपुर, १८ बैशाख । अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुरले श्रमिक दिवसको दिन संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति नवलपुर द्वारा १२९ औ अन्र्तराष्टिय मई दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न मागहरु सहित संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
उनीहरुले सम्पूर्ण मजदुरहरुको तलव ५ हजार हुनुपर्ने, आवास विहिन मजदुर, सुकुम्वासीलाई उपयुक्त आवासको व्यवस्थागर्नुपर्ने , सवै प्रदेशमा मजदुर अस्पताल निर्माण गर्नुपर्ने , नवलपुर जिल्ला भित्र बन्द भएका बिश्वकर्मा सिमेन्ट , भृकुटी कागज कारखाना लगायतका उद्योगहरु तुरुन्त सन्चालन गर्नुपर्ने, स्थानीय तहमा श्रम समन्वय समिति गठन गर्ने लगायतको मागहरु अगाडि सारिएको छ ।
कार्यक्रममा असंगठित क्षेत्रका सम्पुर्ण मजदुरहरुलाई श्रम ऐनले तोके बमोजिम राज्यको मातहत ल्याई पेशागत हक अधिकारको सुनिश्चिचता गर्नुपर्ने लगायतका माग पनि गरिएको थियो ।
संर्घण घोषणा नेपाल कम्युनिष्ट पार्टि माओवादीका जिल्ला ईन्चार्ज किसान शर्मा, मजदुर आन्दोलनका सस्थापक बालकृष्ण रानाभाट , मित्रशरण शर्मा बिहानी , टंकमणी पौडेल , चेतनाथ पोख्रेल , डासुराज बस्याल माईकल , लोकप्रसाद भुर्तेल , सुन्तली थारु , रमिला भुजेल लगायतले मजदुर आन्दोलनको बारेमा चर्चा गरेका थिए । 
कार्यक्रम अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुरका संयोजक कृष्ण भुर्तेल सन्देशको अध्यक्षतामा भएको थियो ।
त्यस्तै अटो र ई– रिक्सा व्यवसायी मजदुरहरुले अटो तथा इरेक्सा निर्वाध रुपमा  राजामार्गमा चल्न पाउने व्यवस्था गर्न माग गरेका छन ।
एक सय २९ औ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा कावासोतीमा आयोजित र्याली र कोणसभामा बोल्दै व्यवसायीहरुले अटो तथा ई – रिक्सा आफुहरुले निर्वाध रुपमा राजमार्गमा   चलाउन पाउनुपर्ने व्यवस्था गर्न सरकारसंग माग गरेका हुन । 
सडकमा सवारीको चाप भएकोले दुर्घटना बढ्न सक्ने भन्दै टाफिक प्रहरीले इ रेक्सा भित्री सडकमा मात्र चलाउन अनुमति दिएको छ । 
त्यस्तै उनीहरुले रिक्साको पार्किङ्गको व्यवस्था गर्न, यात्रीसंगको सहकार्यमा उचित भाडादर कायम गर्न र नगर सेवा बसको रुट कायम गर्न माग गरेको नवलपुर ई – अटो रिक्सा व्यवसायी स्वतन्त्र स्रोजगार मजदुर संघका अध्यक्ष झपट वहादुर कुँवरले बताए ।
नवलपुरको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउपालिका गरी ४ वटा स्थानीय तह भित्र रहेका २ सय इरेक्सा तथा अटोहरु र्यालीमा सहभागि भएका थिए । 

त्यस्तै एक सय २९ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नवलपरासीले कावासोती नगर सरसफाई गरेको छ ।
म्ांगलवार विहान सदरमुकाम कावासोतीको कालीगण्डकीचोकदेखि फलफूलचोकसम्म सरसफाई गरिएको संस्थाका अध्यक्ष वावुराम ढकालले बताए । 
सरसफाईपछि फलफुलचोकमा कोणसभा समेत गरिएको थियो । कोणसभामा बोल्दै युनियनका प्रतिनिधीहरुले मजदुरहरुको विमा हुनुपर्ने माग गरेका थिए । अहिले तीन वटा सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले मजदुरलाई दुर्घटना विमाको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal