Monday, May 7, 2018

कावासोतीमा सवारीको ठक्करबाट मृगको मृत्यु

नवलपरासी, वैशाख २४ ।

नवलपरासीको कावासोती नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा सवारीको ठक्कर बाट एउटा मृगको मृत्यु भएको छ ।
आईतवार राति सवारीको ठक्करबाट झण्डै ७५ किलो तौल भएको भाले मृगको मृत्यु भएको हो । सेक्टरवन कार्यालय कावसोतीका प्रमुख, सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटाका अनुसार ३ फिट उचाई ,५ फिट लम्बलाई र २९ ईन्च लामो सिङ्ग भएको मृगको सवारीको ठक्करबाट मृत्यु भएको हो ।
शिव सामुदायीक वन क्षेत्र अन्र्तगत पर्ने राजमार्गमा सवारीको ठक्करबाट उक्त मृगको मृत्यु भएको सहायक वन अधिकृत देवकोटाले बताउनु भयो । मृत मृगको मुचुल्का उठाई बिभिन्न सरोकारवालको रोहवरमा गाडिएको समेत उहाले बताउनु भएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal