Sunday, May 13, 2018

सालहले पक्का गरे गोल्डेन बुट

३१ वैशाख, काठमाडौं । पि्रमियर लिगको यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद सालहले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

गएराति ब्राइटनसँगको खेलमा ४-० को जित दिलाउने क्रममा २६ औं मिनेटमा सुरुवाति गोल सालहले नै गरे । यो कीर्तिमानी गोल थियो, जसबाट गोल्डेन बुट उनको खातामा लेखियो ।

त्यसपछि उनले फुटबल मैदानलाई ढोगेका थिए भने गोल्डेन बुट उचालेर चुमेका थिए ।

सालहले अहिलेसम्म यो सिजनका सबै प्रतियोगितामा गरेर ४४ गोल गरेका छन् । रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका सालहले प्रिमियर लिगमा ३२ गोल गरेर सन् १९९५-९६ मा ब्ल्याकबर्नका एलन शिएररले बनाएको कीर्तिमान तोडे ।

त्यतिमात्रै होइन उनले क्रिष्टियानो रोनाल्डो, लुइस स्वारेजलाई समेत पछि पारे । रोनाल्डोले सन् २००७-०८ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट र २०१३-१४ को सिजनमा लुइस स्वारेजले लिभरपुलबाट समान ३१-३१ गोल गरेका थिए ।

सालहको खेललाई फुटबलमा एक प्रकारको जादु नै भन्ने गरिएको छ । सालहले प्रिमियर लिग प्लेअर अफ दि सिजन अवार्ड, पिएफए वर्ष खेलाडी र फुटबल राइटर्स् एसोसिएसनको वर्ष खेलाडी अवार्ड पनि जितिसकेका छन् ।
(अनलाइनखबर)

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal