Friday, May 11, 2018

कविता (मुख)



कविता  (मुख)



















दीपक सोती

तिम्रो मुख मेरो मुख खाने मुख हो
यै मुखले पीरेको छ छैन सुख हो
पेट लोभीपापी हुन्छ आँखा भाग देख्छ
गन्तव्यहिन बाटोको गीत भावनाले लेख्छ

तिमी र म अस्ती लडी रगत बगाएर
एक अर्कामा पानी बारी जनता सताएर
म गर्जदा युद्ध गर्दा टाउकोको मोल तोक्यौ
एक अर्काको विरुद्धमा धेरै कुरा भुक्यौ

बस्यौ हिजो शान्तिवार्ता गरौं हामी भनि
राजनीतिको शत्रु मित्रु कोही हुन्न भनि
आज फेरि मिल्यो साथी फुट्छौं भोलि फेरि
तितरीको मुखै वैरी लड्छौं फेरि फेरि

यता पनि ठिक्क हामी उता पनि ठिक्क
बेरोजगार महंगीले जनता छन् दिक्क
सुध्रिएन कहिले पनि चमेरोको बानी
नेता भए बेइमानी जनता स्वाभिमानी
कावासोती, नवलपुर

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal