Friday, May 11, 2018

कावासाेतीमा पशुपालन तालिम सम्पन्न

अन्तरपार्टी महिला संञ्जालको कावासोती ५ को आयोजनामा ३ दिने जिविको पार्जन कृषि तथा पशुपालन सम्बन्धी तालिमको एक कार्यक्रमको समापन गरिएको छ । महिलाहरुलाई कृषि तथा जिविको पार्जनमा सहज होस भन्नका निमित्त वडा कार्यलय मार्फत तालिमकोृ आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । तालिमको समापन गर्दै अन्तरपार्टि महिला संञ्जाल नगर अध्यक्ष  सरला नेपालले तालीममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभएको छ । महिला शशक्तिकरणका लागी यस्ता तालीमले प्रभावकारी भुमीका खेल्ने भन्दै अध्यक्ष नेपालले स्थानीय स्तर मा यस्त तालीमलाई प्राथमीकता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा ओम विन्दु ट्रष्टकी कोषाध्यक्ष लक्ष्मि सापकोटा,वडा सदस्य निरज पुन,रमिला भुजेल,लगाएतले वोल्दै तालीमले महिलाहरुको खाली समयको सदुपयोग संगै आए आर्जनमा टेवा पुग्ने वताएका थिए । कार्यक्रममा ३ दिनको विचमा आफुहरुले धेरै कुराहरु शिक्ने मौका पाएको भन्दै यस्ता तालीमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने सहभागीहरुले वताएका थिए । त्यस्तै तालीमले आफुहरुलाई रोजगारी सृजन ागर्ने भन्दै सिकेका कुराहरुलाई समेत ब्यवहारमा उतार्ने सहभागीहरुले वताएका छन । तालीममा नगर पशु विकास अधिकृत डा शत्रुघन शाहा,नगर कृर्षि अधिकृत ईश्वरी त्रिपाठी, पशु प्राविधिक बुद्धिबहादुर देउजाले प्रशिक्षण दिनुभएको थियो । अन्तरपार्टि महिला संञ्जाल वडा कमीटि अध्यक्ष तारामाया आलेको अध्यक्षतामा आयोजना गरिएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal