कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी महेष आचार्यले प्रशासन कार्यालय मिडिया मैत्री हुने बताउनुभएको छ ।
आज प्रशासन कार्यालयमा नयां आउनु भएका प्रमुख जिल्ला अधिकारी महेष आचार्य र नवलपुर क्षेत्रका पत्रकारहरुबीच भएको परिचयात्मक कार्यक्रममा बोल्दै आचार्यले सञ्चार विनाको सुशासन परिकल्पना पनि गर्न नसकिने भएकोले हरेक क्षेत्रमा संचारकर्मीहरुसंग सहकार्य गर्दै जानेमा जोड दिनुभयो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी सरुवा भई गृहमन्त्रालय जानुभएपछि स्याङ्गजाका प्रमुख जिल्ला अधिकारी आचार्य नवलपुर आउनुभएको हो ।
परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरुले समाचार संकलनका क्रममा हुने चुनौती, पत्रकारको सुरक्षा लगायतका विषयमा सुझाव राखेका थिए ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment