एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्वीहरुले सूर्योदय भएपछि सूर्यास्त नहुंदासम्म पानी पनि नखाइ व्रत बस्ने गर्दछन् ।
सम्पूर्ण मुसलमानको लागि व्रत बस्नु अनिवार्य मानिन्छ । नवलपरासीमा पनि रजहर, प्रगतिनगर, कावासोती, मुकुन्दपुर, अरुणखोला, परासी, त्रिवेणी लगायतका क्षेत्रमा रहेको इस्लामहरुले रमजान मनाउने गर्दछन् ।
रमजानमा इस्लाम रोजा वस्ने गर्दछन् ।
रोजा भनेको इस्लामले प्रतिपादन गरेका आधारभूत स्तम्भहरु मध्येको एउटा महत्वपूर्ण स्तम्भ हो ।
यसमा मुस्लिम समुदाय दिनभर खानु पिउनु, सहबास र अन्य गलत कार्य गर्नुहुँदैन भन्ने मान्यता रहेको छ ।
इस्लाम धर्मालम्वीहरुले यो एक महिना मस्जिदमा गएर दिनभर नमाज पढ्ने गर्दछन् ।

Post a Comment