Thursday, May 17, 2018

सञ्चारकर्मी रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा निधन

पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो ।


नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार शाखामा रहेर काम गर्नुभएको थियो ।

पछिल्लो समय राजनीतिक क्षेत्रमा क्रियाशील खनाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी संघ चितवनको उपाध्यक्षका रुपमा काम गर्दै आउनुभएको थियो ।

युनियनद्धारा विहिवार जारी विज्ञप्तीमा नवलपरासी र चितवनमा पत्रकारिता मार्फत खनालले पुर्याएको योगदान सदैब सम्झन लाएको र प्रेरणादायी रहेको उल्लेख गरीएको छ ।



खनालको अल्पायुमै भएको निधनले नेपाली पत्रकारिताको क्षेत्रमा अपुरर्णीय क्षति क्षति पुगेको छ । शाखा अध्यक्ष श्रीराम सिग्देल र सचिव नवीन पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा खनालको निधन प्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा धैर्यधारण गर्न शक्ति मिलोस् भन्दै कामना गरिएको छ ।



वि.सं. २०४३ साल जेठ ३० गते जन्मिएका खनालका पिता, माता तीन दाजु र एक दिदि छन् । खनालको विहिवार देवघाटमा अन्त्येष्टि गरिएको छ ।

यसैविच नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद , नवलपरासीका पुर्व सदस्य पत्रकार रुपेशचन्द्र खनालको निधन प्रति प्रेस युनियन नवलपरासी  शाखाले समेत दुःख प्रकट गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal