Thursday, May 17, 2018

वैदेशिक रोजगारीमा ठगीको मुद्दा बढ्दै, पश्चिम नवलपरासीमा ४ बर्षमा ९ सय ७६ उजुरी

विष्णु खनाल
परासी, ३ जेठ । नवलपरासीमा वैदेशिक रोजगारीमा पठाउने वाहानामा ठगि परेको उजुरी बढ्ने क्रम अत्यधिक बढेको छ ।

पश्चिम नवलपरासीमा पछिल्लो ४ बर्षमा आधिकारिक रुपमा परेको उजुरीलाई मात्र हेर्ने हो भने पनि ९ सय ७६ जनाले आफूहरु वैदेशिक रोगजारीमा जाने क्रममा ठगिएको भन्दै उजुरी गरेका छन् ।
वैदेशिक रोजगारीमा जानेलाई सीप सिकेर मात्र जान प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा ठगिएकाहरुको पक्षमा वकालत गर्न खोलिएको सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा परेको उजुरीका तथ्यांक अनुसार पश्चिम नवलपरासीमा मात्रै पछिल्लो ४ बर्षमा झण्डै एक हजार जना ठगिएको घटना बाहिर आएको छ ।
ठगिनेहरु अधिकांश आफ्नै आफन्त नातागोता, चिनेजानेको तथा छिमेकीबाट ठगिने गरेको पाइएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक उमा पौड्यालले बताए ।
नवलपरासीमा कावासोतीमा पूर्वी नवलपरासी र पञ्चनगरमा पश्चिम नवलपरासीलाई लक्षित गरी दुई स्थानमा परियोजनामा सञ्चालनमा रहेको छ ।
पौडेलको अनुसार पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, काम सोही परेपनि सम्झौता अनुसारको तलब नदिने र फ्रि भिसा, फ्रि टिकट भएको देशमा पनि एक डेढ लाख रुपैयां लिएर ठग्ने क्रम धेरै देखिएको छ ।
देशमा प्रयाप्त रोजगारको सृर्जना नहुदा बा पारिश्रमिक भने जस्तो नहुदा बैदेशिक रोजगारमा जानेको युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर र हेल्वेटास को साझेदारिमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्र मा परेका निबेदनको तथ्याङ्गक हेर्दा पश्चिम नवलपरासीको मार्च २०१४ देखि २०१८ १५ मे  सम्म ४ बर्षको तथ्याङ्ग मा ९७६ वटा ठगिएको उजुरी दर्ता भएको छ ।
जसमा सबै भन्दा बढि मलेशियामा २८३, साउदीमा १६७ , कतारमा १४९, युएईमा ६४, कुबेतमा ३८, आमनमा २, बहराईनमा ३, नेपालमा २६० र अन्यमा ठगिएको १० वटा उजुरी रहेका छन् ।
प्रकृतिगत विबरणमा नेपालमै ठगि ३ सय ७, बिदेशमा काम तलब लगाएतको समस्या ३ सय ७२, मृत्यु ६३, बिरामी, दुर्घटना, घाईते, अंगभंग ५६, जेल केश ४५, मेडिकल पास भएर गएपनि सम्बन्धि देशमा फेल हुने ४९ र सम्पर्क विहिन, उद्धार ८४ रहेको छ ।
पश्चिम नवलपरासी जातिगत रुपमा हेर्दा मधेशि समुदायको बाहुल्यता भएको हुनाले ठगि हुने क्रम पनि सोहि अनुरुप तथ्याङ्कले देखाएको छ । जसमा जम्मा ९ सय ७६ जनामा मधेषी तथा मुस्लिम ४ सय ९५, तराई जनजाति १ सय ४८, तराई दलित १ सय १, पहाडि जनजाति ८४, ब्राम्हण ६३, पहाडि दलित ५६ र क्षेत्री २९ जना ठगिएको पाइएको छ ।
ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगरका कार्यकारी निर्देशक
बद्रि सुवेदीका अनुसार ठगिएको उजुरी आउने गरेपनि ठगिएको प्रमाण कम हुने, उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुनु, वैदेशिक रोजगारीमा ठग्नेलाई कारवाहीको दायरामा ल्याउने कानुन भनेजस्तो नहुनु, एजेन्टहरु ठगेपछि सम्पर्कमा ल्याउनै मुस्किल हुनु जस्ताले ठगिएकालाई न्याय दिलाउने कठिन हुने गरेको छ ।
बैदेशिक रोजगारीमा जानेहरुका लागि ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर र हेल्वेटासको साझेदारिमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्रले नठगिउन भनि मध्यस्तकर्ताको रुपमा काम गर्दै आएको छ ।
बैदेशिक रोजगारिको लागि भनि प्रलोभनमा परि अबैधानिक तरिका अपनाई भएका ठगीका ७३ बटा केशमा १२ बडा केश समाधान गर्न सफल भएपनि अन्य केश अझै समाधानकै प्रक्रियामा रहेका सुवेदीले बताए । समाधान भएका ७३ वटा केशबाट जसमा १ करोड ९८ लाख २९ हजार मा ३१ लाख ७० हजार रकम फिर्ता गरी पीडितलाई दिलाइएको उनले बताए ।
बैभन्दा बढि युएईमा ३० जनाको ६४ लाख ५७ हजार रकम ठगि भएकोमा २२ लाख २० हजार रकम र्फिता भएको छ ।
त्यसैगरी टर्किमा ५ जना को ३१ लाख  रकम ठगि भएको छ । अमेरिकामा ४ जना को १० लाख  रकम ठगि भएको छ भने ६ लाख र्फिता भएको छ ४ बटा केश समाधान भएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal