Friday, May 18, 2018

उद्योग वाणिज्य संघका अध्यक्षलाई शुभकामना

सुनवल । महाकबि देवकोटा क्याम्पस सुनवल ४ रमवापुरमा  आज उद्योग बाणिज्य संघ नवलपरासीका नवनिर्बाचित अध्यक्ष केशब प्रसाद भण्डरीलाइ स्वागत एवम शुभकामना ब्यक्त गरिएको छ ।
उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा क्यु एए प्राप्ति पश्चात भए गरेका प्रगतिहरुको समिक्षा समेत गरिएको  थियो ।
उक्त कार्यक्रममा क्याम्पसका निर्बातमान अध्यक्ष बिष्णु प्रसाद पौडेल,पुर्ब उद्योग बणिज्य संघ नवलपरासीकाका अध्यक्ष अर्जुन कुमार पोख्रेल, क्याम्पस संचालक सदस्य बिमला आर्याल, सुनवल नगरपलिका वडा न. ४ का वडा अध्यक्ष बिर बहादुर गुरुंग ,लक्ष्मी भटटराइ, गोपाल प्रसाद शर्मा ,ज्ञानहरि आर्याल,भबिश्वर तिवारी , शलिग्राम सापकोटा लगायातको बिशेष अतित्थयता रहेको थियो ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ नवलपरासीका नवनिर्बाचित अध्यक्ष केशब प्रसाद भण्डरीले  क्याम्पसले क्यु एए प्रमाणपत्र प्राप्त गरेकोमा खुसी ब्यक्त  गर्दै सुनवलको उन्नतिमा क्याम्पसलाइ पनि उद्योग बाणिज्य संघ नवलपरासीले प्रमुख स्थानमा राखी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal