Friday, May 18, 2018

बैदौलीमा महायज्ञ शुरु

प्रतापपुर । नवलपरासीको प्रतापपुर वडा नं .५ बैदौली शिव  मन्दिरमा  आज   देखि श्री श्री १०८ विष्णु महायज्ञ सुरु भएको छ ।
हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास गर्ने उदेश्यले महायज्ञ सञ्चालन गरिएको यज्ञ  मुल समितिका संयोजक लक्ष्मीकान्त मिश्राले बताउनुभयो । महायज्ञको अवसरमा बैदौली, बेतहानी, बसहिया, सुर्यपुरा  हुँदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञको   निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य अजय बहादुर शाहीले उदघाटन गर्नु भएको थियो ।
।कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो भने माहायज्ञमा बिहान ११ बजे देखि १२ बजे सम्म हवन र परिक्रमा, दिउसोमा १ बजे देखि ४ बजे सम्म प्रवचन, साझ ७ बजे देखि ८बजे सम्म पुजन आरती र राति ८ बजे देखि २ बजे सम्म साँस्कृतिक रामलिला कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।महायज्ञ जेष्ठ १२ गते सम्म सञ्चालन रहने यज्ञमा दया सागर उपाध्यायले प्रवचन गर्ने यज्ञ  समितिले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal