कावासोती १३ को लक्ष्मिनारायण मन्दिरका संस्थापक संरक्षक भगवत शरणजिको ६५ बर्षको उमेरमा आज असामायिक निधन भएको छ ।
लामो समय देखी आश्रममा आफु संगै अन्य बृद्ध बृद्धालाई संरक्षण गर्दै आउनुभएका भगवत शरणजिको निधनले परिवारजन, मन्दिरको आश्रममा आश्रय लिईरहेका बृद्ध बृद्धाहरु र टोलनै शोकमा डुवेको छ ।
विगत केहि समय देखी विरामी हुदैं आउनुभएका भगवत शरणजि मधुमेह र ,मुटुको रोगी हुनुहुन्थ्यो । उहांको आज मध्यान्न १२ वजे उपचारका क्रममा चितवनको मेडिकल कलेजमा निधन भएको हो ।
उहांको प्राथिव शरिरलाई लक्ष्मिनारायण मन्दिर परिसरमा राखिएको छ । र भोली पिठौली भोषरघाटमा अन्त्येष्ट्रि गरिने भएको हुनाले सवैलाई उपस्थितिका लागी अनुरोध गरिएको छ ।

Post a Comment