Friday, May 18, 2018

तीनदिने पशुपालन सम्बन्धि तालिम

नवलपरासीः बर्दघाट नगरपालिका वडा नम्बर ५ को आयोजनामा तीनदिने पशुपालन सम्बन्धि तालिम शुक्रवार समापन गरिएको छ । वडाका अगुवा पशुपालक कृषकहरुको सहभागिता रहेको सो तालिममा पशु चिकित्सक डाक्टर पर्शुराम फुयाल , पशु सेवा प्राबिधिक रामहरि शर्मा, रामप्रसाद पौडेल, अभिशेष लामिछाने लगायतले सहजीकरण गर्नुभएको थियो । तालिम वडास्तरिय योजनाबाट गरिएको बताइएको छ । तालिम समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष तथा प्रमुख अतिति रेश्मीराज भट्टराईले तालिमका सिकेका कुरा जीवन ब्यवहारमा लागु गरेर ब्यवसायिक बन्नका लागि आग्रह गर्नुभएको थियो । सो तालिमबाट लोकप्रसाद पाण्डेको संयोजकत्वमा नौ सदस्सीय पशुपालक कृषक समन्वय समिति वडा नम्बर ५ गठन गरिएको छ । कार्यक्रम चेतबहादुर बर्माको अध्यक्षतामा भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal