Friday, May 18, 2018

राहत शिक्षकले बुझाए स्थानीय सरकारलाई ९ बुदे माग सहित ज्ञापन पत्र

नवलपरासी, ४ जेठ । नेपाल राहत शिक्षक समितिले आज नवलपरासी सहित देशै भरका स्थानीय  सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
नवलपरासीको पूर्वी र पश्चिम नवलपरासी गरी १५ वटै स्थानीय तहमा नेपाल राहत शिक्षक समिति नगर र गाउं कमिटिले ज्ञापन पत्र बुझाएको हो ।
आज मध्यविन्दु नगरपालिकामा नारायण अर्यालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको थियो भने कावासोतीमा पनि ज्ञापन पत्र बुझाएको थियो ।
उनीहरुले ११ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै नेपाल राहत शिक्षक समिति बर्दघाट नगर कमिटीले शुक्रवार बर्दघाट नगरपालिका समक्ष ११ बुदें ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन तथा ध्यानार्कषण पत्र नाम दिइएको सो  ज्ञापनमा  बिभिन्न पेशागत माग समेटिएका छन् । समितिका नगर अध्यक्ष अर्जुन रिमाल र सचिव सुवास रेग्मीद्धारा हस्ताक्षरित सो ज्ञापन बुझाउनका लागि राहत शिक्षक समितिका बिभिन्न बिद्यालयका शिक्षकशिक्षिकाहरु नगरपालिका पुगेका थिए । समितिको मागमा शिक्षा नियमावली बनाउदाँ  राहत शिक्षकका प्रतिनिधिलाई प्रतिनिधित्व गराइनुपर्ने, नगरभित्रका शैक्षिक कार्यक्रममा  राहत शिक्षकका प्रतिनिधिको प्रतिनिधित्व गराइनुपर्ने , स्थायी शिक्षकले पाउदै आएको १० प्रतिशत संचयकोषको ब्यवस्था हुनुपर्ने , संचित विरामी बिदाको भुक्तानी पाउनुपर्नेलगायतमा माग रहेका छन् ।  त्यस्तै सो ज्ञापनपत्रमा अन्य शिक्षकहरुलाई जस्तै सरुवाको ब्यवस्था , आत्मसम्मान र शैक्षिक वातावरणको समेत ग्यारेण्टी गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझदै बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले राहत शिक्षकका बिषयमा आफू सधै संबेदनशील रहेको बताउनुभएको थियो । ज्ञापनपत्रका बिगतमा जस्तै सरकारले आफ्ना माग प्रति बेवास्ता गरे  आन्दोलनको चेतावनी समेत दिइएकोछ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal