Friday, May 18, 2018

१० दिने जुत्ता तथा व्याग तालीम

बर्दघाट । बर्दघाट नगरपालीका वाड नं १४ मा उन्नती आय आर्जन वचत समुहको  आयोजना र  बर्दघाट नगरपालीकाको  आर्थिक सहयोगमा १० दिने जुत्ता तथा व्याग तालीमको उद्घाटन भएको छ ।
कार्यक्रममा उन्नती आय आर्जन वचत समुहकी अध्यक्ष रेनुका बस्यालको अध्यक्षता   बर्दघाट नगरपालीका उपप्रमुख माया पैडेलको प्रमुख आतिथ्यता , बर्दघाट नगरपालीका वाड नं १४ का वडा अध्यक्ष केशब बहादुर खत्री क्षेत्री विशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा बर्दघाट नगरपालीका वाड नं १४ का सम्पूर्ण जनप्रतिनिधि , टोलविकास समितिका अध्यक्ष , बिभिन्न समाजसेवी , बुद्धिजिवी अतिथिको रुपमा रहनु भएको थियो । भने कार्यक्रमको श्रृष्टि गुरुङ्गको स्वागत र उमामाया पराजुलीको सञ्चालनमा भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal