Thursday, May 17, 2018

इस्लाम धर्मावलम्वीहरुको रमजान आजबाट शुरु

कावासोती । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आजबाट शुरु भएको छ ।

एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्वीहरुले सूर्योदय भएपछि सूर्यास्त नहुंदासम्म पानी पनि नखाइ व्रत बस्ने गर्दछन् ।

सम्पूर्ण मुसलमानको लागि व्रत बस्नु अनिवार्य मानिन्छ । नवलपरासीमा पनि रजहर, प्रगतिनगर,  कावासोती, मुकुन्दपुर, अरुणखोला, परासी, त्रिवेणी लगायतका क्षेत्रमा रहेको इस्लामहरुले रमजान मनाउने गर्दछन् ।
रमजानमा इस्लाम रोजा वस्ने गर्दछन् ।
रोजा भनेको इस्लामले प्रतिपादन गरेका आधारभूत स्तम्भहरु मध्येको एउटा महत्वपूर्ण स्तम्भ हो ।
यसमा मुस्लिम समुदाय दिनभर खानु पिउनु, सहबास र अन्य गलत कार्य गर्नुहुँदैन भन्ने मान्यता रहेको छ ।
इस्लाम धर्मालम्वीहरुले यो एक महिना मस्जिदमा गएर दिनभर नमाज पढ्ने गर्दछन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal