कविता (पागल)
निश्लोट प्रेमको
प्रशान्त महासागर सुकाएर
साहरा मरुभुमिमा
प्रेम कुन्ड खोज्दै हिड्ने
यो बहुलठ्ठि
कि म स्वयम् हुनुपर्छ
कि मेरो हमसकल हुनुपर्छ
उषाको तेजिलो
भास्कर आँखा चिलिएर
मध्यरातमा अदिप्त जुनसंग
न्यानोको भीख माग्ने
यो बेबकुफ
कि म स्वयम् हुनुपर्छ
कि मेरो हमसकल हुनुपर्छ
मुटु विना धितो
अर्कैको छातिमा बन्धकी राखेर
प्रेमरक्त आफ्ना धमनिहरुमा
दौडाउन खोज्ने
यो सनक
कि म स्वयम् हुनुपर्छ
कि मेरो हमसकल हुनुपर्छ
आफै मृत्युको
चितामा लम्पसार परेर
जीवनको सुन्दर बगंैचा
हराभरा बनाउन खोज्ने
यो पागल
कि म स्वयम् हुनुपर्छ
कि मेरो हमसकल हुनुपर्छ
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment