बर्दघाट ५ जेष्ठ
नेपाल तरुण दल नवलपरासी बर्दघाट सुस्ता पश्चिमले १ दिने जिल्ला स्तरीय तरुण प्रशिक्षण कार्यक्रम जिल्लाको बर्दघाटमा सम्पन्न गरेको छ ।
नेपाल तरुण दल नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सभापति शुक बाहादुर गुरुङ्गको सभापतित्वमा,नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य धनराज गुरुङ्गको प्रमुखअतिथ्यतामा,प्रतिनिधि सभाका सदस्य माननीय एवम पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेल,पुर्व सांसद देवकरण प्रसाद कलवार र पुर्व सांसद बिक्रम खनालको बिशेषअतिथ्यतामा भएको जिल्ला स्तरीय तरुण प्रशिक्षण कार्यक्रममा करिब ५ सय जना तरुणहरुको सहभागिता रहेको थियो ।
जिल्ला स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको उद्वघाटन शत्र कार्यक्रममा बोल्दै पुर्व सांसद बिक्रम खनालले तरुण दल भनेको नेपाली काङ्ग्रेसको मेरुदण्ड हो तरुण दल नेपाली काङ्ग्रेसको मेरुदण्ड भएको कारणले तरुण हरुलाई हरदम सकृय रहनको लागि आग्रह गर्नु भयो ।
त्यस्तै पुर्व सांसद देवकरण प्रसाद कलवारले शुभकामना मन्तव्यमा बोल्दै नेता कलवारले नदिले धार परिवर्तन गरिदिए जस्तै नेपाल तरुण दल भनेको पार्टीको मुहान र धार नै परिवर्तन गरिदिने शक्ति रहेको उहाँको भनाई रहेको थियोे ।
सो जिल्ला स्तरीय तरुण प्रशिक्षणको उद्वघाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य माननीय सांसद एवम पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलले जब तरुण दल बलियो हुन्छ तब नेपाली काङ्ग्रेस पार्टी पनि बलियो रहने र तरुण हरुमा गुठ उपगुठको आभास हुन पनि नदिनको लागि आफू लगाएत अरु नेताहरूलाई आग्रह गर्नु भयो ।
करिब ५ सय जना तरुण हरुको सहभागिता रहेको जिल्ला स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको प्रशिक्षण नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य धनराज गुरुङ्गले दिनु भएको थियोे ।
Post a Comment