Wednesday, May 16, 2018

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वाताृमा एकता सहमति जुटेको हो ।
सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।

भोलि मदन भण्डारी स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारीको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन भण्डारी स्मृति दिवसको अवसरमा एमालेले कार्यक्रम गर्दैछ, जसमा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।
लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।
बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ ।
भोलि नै एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।
एमाले र माओवादीले १७ असोजमा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गरेका थिए । त्यसअनुसार प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०/४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनाए ।
केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनले दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेलिनवाद’ हुने सहमाति छ ।
दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन ।
बरु बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।
यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ ।
एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘मैले दुबै अध्यक्षलाई सोधेँ, वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’

दुबै दलले बैठक बोलाए
पार्टी एकता घोषणा गर्नुअघि एमालेले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यो अन्तिम बैठक हुनेछ ।

माओवादीले पनि बैठक बोलाएको छ ।
एकीकृत पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका दुर्इ दलले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यो संख्या केही बढ्न सक्ने एमाले र माओवादी नेताहरुले बताएका छन् ।

(राजकुमार श्रेष्ठ/onlinekhabar.com)

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal