Saturday, May 19, 2018

दुई मोटरसाइकल एक आपसमा ठक्कर खांदा ३ जनाको मृत्य

रामकुमार श्रेष्ठ
५ जेठ, नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाटमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजिकै एक आपसमा ठक्कर खांदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने बर्दघाट १४ का बर्ष १९ का आशिष जिशी, बर्दघाट १६ का ३० बर्षीय अजित सिंह ठकुरी रहेका छन् ।
घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जिसीलाई उपचारार्थ बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal