Friday, May 18, 2018

हुप्सकोटमा आप्रवासी कामदार हकहित विस्तार

रञ्जना लम्साल ।
नवलपरासी । आप्रवासी कामदार हकहित संरक्षण नवलपरासीकोे आयोजनामा आज अन्तरक्रिया तथा समिती बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।
हुप्सेकोट गाँउपालिकामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुप्सेकोट गाँउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका ब्यक्तीलाई स्थानिय निकाय सम्म पुर्याउन यस समिती लागि पर्नु पर्ने बताउनु भयो ।
उहाँले स्थानिय निकायले गर्नुपर्ने काममा सामी परियोजना र हक हित संरक्षण मञ्चले सहयोग गरिरहेकाले सुचना केन्द्र र मञ्चलाई गाँउपालिकाले हर संभव सहयोग गर्ने पनि बताउनु भयो ।
यसैगरि सामी परियोजनाका कार्यक्रम संयोजक रितुराम सोती थापाले बैदेशिक रोजगारीको पछिल्लो अबश्था र हुप्सेकोट गाउपालिकामा समस्यामा परेको ब्यक्तीहरु तिनीहरुलाई सामी परियोजनाले गरिरहेको सहयोगको बिषयमा प्रकाश पार्नु भयो ।
हुप्सेकोट गाउ पालिका वडा नं १ का अध्यक्ष चित्र बाहादुर कानुड र वडा नं ४ का अध्यक्ष रोशन थापा ले आप्रवासी कामदार हकहित संरक्षण मञ्चले हालसम्म गरेको काम महत्वपुर्ण रहेको भन्दै अब बन्ने समितीले पनि अझै राम्रा काम गर्नु पर्ने बताउदै मञ्चको सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रममा  वडा सदस्य रुक्मागत भुर्तेल , सामुदायिक बनका अध्यरुक्ष, हुप्सेकोट गाउपालिका बाट बिदेशमा गएर फर्किएका रिटर्नीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमले रिसीराम डुम्रेको अध्यक्षतामा ९ सदस्यीय गाउपालिका स्थरीय समिती गठन गरेको छ । कार्यक्रम जिल्ला अध्यक्ष बल बाहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal