कावासोती स्थिति लुम्विनी प्लसको कार्यालयमा भएको कार्यक्रममा जिल्लाका १५ जना एचआईभि संक्रमिति तथा प्रभावित बालवालिकाहरुलाई झोला,कापी,कलम लगाएतका स्टेशनरी सामाग्रि बितरण गरीएको हो ।
यस्तै आजै भएको कार्यक्रममा १५ जना एचआईभि सक्रमितहरुलाई सरसफाई र पोषण सामाग्रि बितरण गरीएको छ । विनयी त्रिवेणी गाउपालिकाकी उपाध्यक्ष मिना रानाको उपस्थितिमा सामाग्रिहरु बितरण गरीएको हो ।
सामाग्रि वितरण कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी गाउपालिका उपाध्यक्ष मिना रानाले महिला बालवालिको शिक्षा ,स्वास्थ्य सुधारका लागि आफु सधै तयार रहेको बताउनु भएको थियो । उहाले अझ एचआईभि संक्रमिति तथा प्रभावितहरुको शिक्षा,स्वास्थ् ,पोषणका लागि गाउपालिकाबाट बिशेष सहयोग रहने बताउनु भएको थियो ।
अहिले आफुहरुले एचआईभि संक्रमित तथा प्रभावितहरुका लागि सानो मात्रमा सहयोग गरेको भन्दै आगामि दिनमा उनिहरुको दिगो जिविकोपार्जनका लागि योजनानै बनाएर अगाडी बढने बताउनु भयो । उहाले लुम्विनी प्लसले एचआईभि संक्रमित तथा प्रभावितको श्वास्थ्यमा पहुच,शिक्षामा पहुचका लागि खेलेको भुमिकाको समेत प्रशंसा ब्यक्त गर्नुभयो ।
शैक्षिक, सरसफाई तथा पोषण सामाग्रि बितरण कार्यक्रममा लुम्विनी प्लसका कार्यक्रम संयोजक प्रकाश आचार्यले लुम्विनी प्लसले नवलपरासी जिल्लामा एचआईभि संक्रमित तथा प्रभावित हरुको क्षेत्रमा गर्दै आएको कृयाकलापका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक आचार्यले सस्थाले लामोसमय देखी जिल्लामा पहिचान भएका एचआईभि संक्रमितहरुको स्वास्थ्यमा पहुच,शैक्षिक अवस्था सुधार ,सक्रमितिहरु प्रतिहुने लाञ्छना तथा भेदभावलाई न्युनीकरणका लागि गर्दै आएका कार्यका बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रमा उपस्थित शैक्षिक ,सरसफाई तथा पोषण सामाग्रि प्राप्त गर्ने सेवाग्राहील लुम्विनि प्लसले र गाउपालिकाले आफुहरुलाई गरेको सेवाले खुसीभएको भन्दै धन्यवाद प्रकट गरेका थिए । शैक्ष्ँिक ,सरसफाई तथा पोषण सामाग्रि बितरण कार्यक्रमको संचालन संस्थाका विक्त प्रमुख दयाराम आचार्यले गर्नुभएको थियो ।
लुम्विनि प्लसले लामो समयदेखी बिभिन्न स्थानिय तह र दातृ निकायको सहयोगमा एचआईभिको क्षेत्रमा कार्यगर्दै आएको छ ।
Post a Comment