कावासोती । कावासोतीकी १३ बर्षीया किशोरी पहिलो पटक विद्यालय भर्ना भएकी छिन् ।
पर्सा घर भई हाल कावासोती ९ बस्दै आएकी १३ बर्षीया नजुमा खातुन जीवन ज्योति माविमा कक्षा नर्सरीमा भर्ना भएकी हुन् । यस अघि विद्यालय भर्ना भए पनि नियमित विद्यालय नगएका कारण उनको विद्यालयमा पठनपाठन निरन्तरता नपाएकी उनका अभिभावकले जनाएका छन् ।
नविना खातुनलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, कावासोती ३ का वडा सदस्य पवनकुमारी महतो, विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल सहितका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र शिक्षकहरुले फुल अविरले स्वागत गरेका थिए ।
१३ बर्षीया खातुन विद्यालय नगएको देखेपछि विद्यालयकी पूर्व विद्यार्थी सीता कुँवरले उनलाई विद्यालय ल्याएर भर्ना गराएकी हुन् ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment