Monday, April 25, 2016

अर्याल फिल्मस प्रा.लि बर्दघाटले कलाकार छनोट कार्यक्रम सम्पन्न,



कम्पनीले आफुलाई आवश्यक कलाकारको खोजी गर्दै अडिसनको आयोजना गरेको हो । अडिसनमा भाग लिन बर्दघाट, पञ्चनर, भुमहि, परासी, सुनवल लगायतका क्षेत्रबाट ४० ज लिएका कलाकारलाई १ हप्ता निशुल्क तालिम दिईने बताईएको छ ।

बर्दघाट  । अर्याल फिल्मस प्रा.लि बर्दघाटले कलाकार छनोट कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा रहेर म्यूजिक भिडियो,टि.भी सिरियल,डकुमेन्ट्रि निर्माण,फिल्म तथा एड्भटाईजिङ सम्बन्धी काम गर्ने उद्देश्यले कम्पनिको स्थापना गरिएको कम्पनीका डाईरेक्टर राजु अर्यालले बताउनुभएको छ ।
अडिसन सुरु हुनु भन्दा पहिले पत्रकार सम्मेलन गर्दै डाईरेक्टर अर्यालले स्थानिय कलाकारहरुलाई प्रवर्धन गर्दै स्थानिय र राष्ट्रिय स्तरका मिडिया सामु पहुच बिस्तार गर्ने उद्देश्यका साथ कम्पनिको स्थापना गरिएको बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन  विपि ढकालले गर्नुभएको थियो ।

1 comment :

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal