Wednesday, June 15, 2016

देउरालीका किसानहरु व्यवसायिक बाख्रापालनतर्फ आकर्षित

रामकुमार श्रेष्ठ

कावासोती, १ असार। नवलपरासीको देउराली गाविसका महिलाहरु व्यवसायिक बाख्रापालनतर्फ आकर्षित भएका छन् । 

हेफर नामक संस्थाको सहयोगमा हिमालयन सामुदायिक विकास मञ्च हेकोडेफले देउराली गाविसमा विगत पांच बर्षदेखि वाख्रा वितरण गरेर व्यवसायिक बाख्रापालनमा लाग्ने प्रेरित गरेका कारण उनीहरु व्यवसायिक बाख्रापालनमा लागेका हुन् । 
देउराली गाविसमा रहेका दुई हजार ९ सय घरधुरी परिवार मध्ये एक हजार दुई सय परिवारले व्यवसायिक बाख्रापालन गरेका छन् ।
देउराली गाविसमा कम्तिमा पांच वटा माउबाख्रा राखेर बाख्रा पाल्ने एक हजार दुई सय घर र कम्तिमा पनि १० वटा माउ बाख्रा राखेर बाख्रा पाल्ने २ सय ५ घर किसानहरु रहेको हेफरका जिल्ला परियोजना संयोजक भुनु थापाले बताए । 
देउराली–७, रामकोटका देवीराम सारु मगरले १ सय २० वटा, देउराली–१ डम्मरडाँडाका रामकुमारी सारुले ६० वटा, गोमबहादुर सोमैले ७० वटा बाख्रा पालेका छन्। 
चार बर्ष अगाडिसम्म बाख्रा पालेरपनि आम्दानी हुन्छ भनेर भन्ने देउराली ३ माझटोलका पूर्णमाया सुवेदीले अहिले ६० हजार खर्च गरेर आधुनिक बाख्राको खोर बनाएर व्यवसायिक बाख्रापालन गरका छन् । उनको खोरमा अहिले १६ वटा बाख्रा छ उनले अहिले बार्षिक १ लाख रुपैयांसम्म आम्दानी गर्ने गरेको बताइन् । 
उनीहरुले सामुहिक रुपमा घाँस खेती समेत गरेका छन्। उनीहरुले विराट सामुदायिक वनको २० विगाहा र विद्यालयको ४ विगाहामा गरी २४ विगाहा जग्गा भाडामा लिएर उन्नतजातको घांस खेती समेत गरेका छन् जसले गर्दा बाख्रा पालनमा सहज भएको हो। 
यहां ८३ वटा महिला समूह छन्। प्रत्येक महिला समूहले सामुदायिक वन, प्रति चौर, विद्यालयको चौर, व्यक्तिगत खेतबारी लगायतमा घाँस खेती गरेका छन्। १६ वटा बाख्रा पालनका गरेका देउराली ३ माझटोलका मानबहादुर कुमालले पनि बाख्रापालनबाट बार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए। 
व्यवसायिक बाख्रापालन संगै तरकारी खेती समेत गरेका अर्का किसान तेजबहादुर गुरुङले बाख्रा र तरकारीबाटै बार्षिक पांच लाखसम्म कमाई गरेको सुनाए। गत बर्ष देउराली–५ बेलुवाका धनकुमारी महतोले हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले बर्षेनी प्रदान गर्ने ७० हजार राशीको स्वर्णीम प्रतिभा पुरस्कार प्राप्त गरेकी थिइन। उनले बाख्रापालनबाटै गरेको उन्नतिलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिएको थियो। 
उनले अहिले २२ वटा बाख्रापालन गरेका छन् । उनले पनि आधुनिक बाख्राको खोर निर्माण गरेर बाख्रा पालन गरेका छन्। उनका श्रीमान् साउदी छन् तथापि उनले घरमा केही गर्नुपर्छ भनेर बाख्रा पालन गरेकी छिन्। उनले बाख्रापालनबाट बार्षिक डेढ देखि दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए। 
उनी पुरानो दिनसम्झदै भन्छन्– ‘श्रीमान्ले पहिला रक्सी खानुहुन्थ्यो। एक्लै घर चलाउन गाह्रो हुन्थ्यो बाखापालन गरेर केही आम्दानी गर्न थालेपछि श्रीमान् पनि सुध्रिनु भयो र अहिले आफूले पनि केही गर्नुपर्छ भनेर साउदी जानुभएको छ। बाख्रापालनले मेरो जीवनमा पैसा भन्दा पनि श्रीमान् सुधारिएर खुसी दिनुभएको छ त्यो नै मेरो लागि ठूलो कुरा हो।
देउराली गाविसका महिला समूहरुले समूह समूहमा जम्मा गरेको रकमले लेकबेसी सामाजिक उद्यमी महिला सहकारी गठन गरेका छन् भने सोही सहकारीबाट आफूहरुलाई चाहिने समान खरिद गर्न सस्तो पसल समेत सञ्चालन गरेका छन्।  

2 comments :

  1. डियर एडमिन ।
    तपाईंको बल्ग मा प्रसारित सामाग्री राम्रा र उपयोगी लाग्छन ।र बल्ग को ट्याम्प्लेट डिजाइन गरेर एड्सेन्स याक्टिभ गर्नु भो भने केही आम्दानी नि हुनेछ र हजुर हरुलाइ अझ उर्जा मिल्नेछ भन्ने मेरो सुझाव हो । kalpitbabu@gmail.com .. kalpitbabu.blogspot.com कावासोती ।।

    ReplyDelete

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal