रामकुमार श्रेष्ठ
नवलपरासी, ८ जेठ । नवलपरासीको गैडाकोट नगरपालिकाले सिचाईका लागि ५ वटा बोरिङ धसेको छ ।
गैडाकोट नगरपालिकालाई नै छोएर नारायणी नदी बगेपनि यहांका बासिन्दाले गण्डक सम्झौता अनुसार नदीको पानी छुन सम्म पाउंदैनन जसले गर्दा नदीको पानी सिचाईको रुपमा मोटर लगाएर तान्न पनि पाउंदैन भने गैडाकोटमा खेतीयोग्य जमिन भए पनि सिचाईको लागि नहर नहुँदा आकाशे पानीकै भर पर्नु पर्ने बाध्यता छ ।
गैडाकोट नगरपालिकाले यसै बर्ष धान रोप्ने सिजनमा चलाउन सक्ने गरी ५ वटा वडालाई ५ वटा बोरिङ निर्माण गरेको छ । वडा कार्यालय मार्फत प्रत्येक वडामा २०, २० लाखका दरले रकम प्रदान गरेको हो ।
बोरिङको व्यवस्था भएसंगै कतिपय क्षेत्रमा धान रोप्दा आकाशे पानीको भर पर्ने बाध्यता हटेको छ ।
अबको बर्षामा धान रोप्ने सिजनलाई लक्षित गरी गैडाकोट नगरपालिकाले पांच वटा वडामा एक÷एक वटा बोरिङ कम्तिमा एउटा वडामा २० विगाहा जमिन सिचाई गर्न मिल्ने गरी २०÷२० लाखको योजना सहित १ करोड रुपैयां सिचाईकै लागि छुट्याएको छ ।
पांच वटा वडामा एउटामा २० लाखको दरले सिचाईको लागि बोरिङ खन्न र नहर बनाउन एक करोड रुपैयां बजेट विनियोजन गरेको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताए ।
सिचाई बोरिङ अन्तरगत गैडाकोट ६, ७, १३, १६ र १७ नम्बर वडामा बोरिड्ड खन्ने काम भईरहेको छ ।
गैडाकोट ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले गैडाकोट ६ को गैरीमा ६ इन्चको मोटरमा पानी आउने गरी बोरिङ निर्माण कार्य सकिएको र अबको केही दिनमा उक्त बोरिङ सञ्चालनमा आउने बताए।
नगरपालिकाले एउटा नगरपालिकाबाट कम्तिमा २० विगाहा जमिन समेटिने गरी समूह बनेर आएकोलाई उक्त रकम प्रदान गरेको छ ।
बोरिङ राखिएको स्थानमा विद्युत नपुगेका कारण विद्युतको पोल गाड्ने र लाइन तान्ने काम भईरहेको उनले बताए ।
त्यस्तै गैडाकोट ७ का वडा अध्यक्ष चोलानाथ पौडेलले पनि बोरिङ निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
गैडाकोट धान, गहुँ, मकै तथा व्यवसायिक तरकारी खेतीका लागि खेती योग्य जमिन मानिन्छ ।
गैडाकोटमा खेती योग्य जमिनलाई खण्डिकरण गरेर प्लटिङ गरी बेच्ने क्रम बढेपछि खेती योग्य जमिन भने मासिदै जान थालेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Harrah's Cherokee Casino & Hotel - Mapyro
ReplyDeleteGet directions, reviews and information 광주광역 출장마사지 for Harrah's Cherokee Casino & Hotel in 충청남도 출장샵 Cherokee, NC. Nearby casinos and hotels; 상주 출장샵 Hotel; Harrah's Cherokee 순천 출장마사지 Casino & 인천광역 출장안마 Hotel.