नवलपरासीको कावासोती १७ बेलटाँडीमा मादक पदार्थ सेवन गरेर बन्चरो हानाहान गर्दा ४ जना घाइते भएका छन् ।
गएराति मादक पदार्थ सेवन गरी झगडा हुंदा बेलटांडीका २२ बर्षीय रोइत विक, २४ बर्षीय राजेन्द्र खत्री, २२ बर्षीय सुरज परियार सहित चार जना घाइते भएका हुन् । उनीहरुलाई २२ बर्षीय रविन्द जिसी र २० बर्षीय खेम जिसीले बन्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
घाइतेको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको छ भने रविन्द र खेम जिसी कोल्हुवा प्रहरीको नियन्त्रणमा रहेका छन् । बन्चरो प्रहार गर्ने अझै दुई जना फरार रहेको पीडित घाइतेहरुले बताएका छन् ।

बिना आधार को (हचुवा) समचार सम्प्रेषण गर्ने पत्रीका को के बिश्वास गर्नु खै
ReplyDelete